सन्दीपबिना नेपाल पपुवान्युगिनीसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

सन्दीपबिना नेपाल पपुवान्युगिनीसँग भिड्दै

काठमाडौं, १५ फागुन । युएईमा सोमवारबाट शुरु हुने विश्वकप लिग टुको यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीसँग खेल्दैछ । नेपाल र पीएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान १२ बजे शुरु
हुँदैछ ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो । फागुन १८ मा घरेलु टोलीसँग
नेपालको खेल हुनेछ । फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखि भएको सुनवाई नसकिएपछि सोमबारका लागि पेशी तोकिएको हो। सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ।

Leave a Reply