स्कुल कलेज जान प्रतिबन्ध लगाएपछि अनलाइन कक्षा लिंदै अफगानी छात्राहरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

स्कुल कलेज जान प्रतिबन्ध लगाएपछि अनलाइन कक्षा लिंदै अफगानी छात्राहरु

एजेन्सी । अफगानिस्तानमा गत डिसेम्बरमा तालिबानले केटीहरूलाई स्कूल र कलेज जान प्रतिबन्ध लगाएको थियो। करिब ९० हजार बालिका यसबाट प्रभावित भएको बताइएको छ । पढाइ पूरा गर्ने मनसाय छोडेका धेरै केटीहरू छन् । HH(नाम गोप्य राखिएको) ले सिभिल इन्जिनियरिङ पूरा गरेकी थिइन् तर तालिबानी आएर डिप्लोमा प्रमाणपत्रहरू बन्द गरिदिए ।

अहिले उनी अमेरिकन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा अनलाइन अध्ययन गर्दैछिन् । HH  बाहेक, धेरै अन्य युवतीहरु पनि अनलाइन कक्षाहरूमा फर्किरहेका छन्। अमेरिकन इन्स्टिच्युटका अध्यक्ष शाइ रेसेफ भन्छन्, ‘अनलाइन भर्नाका लागि यो वर्ष अहिलेसम्म ६ हजार आवेदन आएको छ । गत वर्ष दश हजार आवेदन परेका थिए । एक गैरसरकारी संस्थाका निर्देशक पशताना दुर्रानीका अनुसार अनलाइन कोर्सका लागि दैनिक १० भन्दा बढी आवेदन आइरहेको छ ।

ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता सहर फितरातले केटी शिक्षालाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । यद्यपि, उनी चेतावनी दिन्छिन् कि अनलाइन शिक्षाले महिलाहरूलाई सार्वजनिक स्थानबाट बाहिर निकाल्ने तालिवानको प्रयासलाई बलियो बनाउन सक्छ। विद्यालय र कलेजहरूमा महिला भर्ना आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);