पहिलोपटक क्षयरोगीको सर्वेक्षण | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

पहिलोपटक क्षयरोगीको सर्वेक्षण

भक्तपुर, पुस १५ गते । नेपालमा पहिलोपटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ सुरु गरिने भएको छ ।  राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि सुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्थाबारे जानकारी लिनसक्ने केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले बताए ।

उन्ले भने, “देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आकलन गरिने सर्वेक्षणका लागि पूर्वतयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ । ”

यस वर्ष मात्रै ४४ हजार नयाँ क्षयरोगी थपिए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा रहेको जानकारी दिँदै उन्ले जनवरीदेखि भक्तपुर, सिन्धुली, दोलखाबाट पाइलटिङका रूपमा सर्वे सुरु गर्न लागेको जानकारी दिए । प्रमुख थापाले भने, “जनवरीबाट तीन जिल्लामा पाइलटिङका रूपमा सुरु हुने सर्वे थप ५५ जिल्लामा गरी कुल ५८ जिल्लामा हुनेछ, यसमा करिब ६० हजारको छातीको एक्सरे, खकार लगायतको परीक्षण हुनेछ । ”

राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रूपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्रका निर्देशक केसीले समस्या पहिचान गरेर सोको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरी सन् २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);