रामचन्द्र पौडेल र रास्वपा सभापति रवि बीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रामचन्द्र पौडेल र रास्वपा सभापति रवि बीच भेटवार्ता

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);