हिमश्रृङ्खलाहरु काला पहाड बन्दै हिमालै नरहे नेपालको अस्तित्व विश्वसामु के होला ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हिमश्रृङ्खलाहरु काला पहाड बन्दै हिमालै नरहे नेपालको अस्तित्व विश्वसामु के होला ? (भिडियो सहित)

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे । नातिकाजीको यो गितले भनेझै हिमालै नरहे नेपालको अस्तित्व विश्वसामु के होला ? हिमालै हिमालको देश भनेर चिनिने नेपालका हिमश्रृङ्खलाहरुमा पछिल्लो समय हिउँ पर्ने क्रम निकै पातलिएको छ । केही बर्षयता पर्याप्त हिउँ नपर्दा हिमालहरु काला पहाडमा रुपान्तरण भै रहेका छन् ।

नेपालमा ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरू छन् भने ६ हजार मिटरभन्दा माथिका १ एक हजार ३ सय १० चुचुराहरु छन् । यीनै हिमाल र हिमशिखरहरु हेर्न विदेशीहरु लालाहित हुँदै नेपाल भित्रिन्छन् । पर्यटन व्यवसायीका लागि पनि हिमाल र हिमशिखर ईश्वरकै बरदान सावित भएका छन् । तर पछिल्लो केही बर्षयता जलबायु परिर्वतनका कारण उच्च हिमाली भेग र हिम शिखरहरुमा हिउँको ठाउँमा पानी पर्दा चुनौति थपिएको छ ।

सगरमाथा सहित धेरै हिमालका आधार शिविर सार्ने चर्चा चलिरहेको छ । यसले गर्दा पर्यटन क्षेत्रसंगै नेपालकै अर्थतन्त्र समेत जोखीममा परेको छ । नेपाल पर्यटन बोर्डलाई पनि नेपालका हिमाल र हिमशिखरका बारेमा कसरी प्रचारप्रसार गर्ने भन्ने चुनौती थपीएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछाने बताउनु हुन्छ ।

हिमालसंगै नेपाली चालचलन, रितिरिवाज, धर्म संस्कृती, रातो र सेतो माटोले लिपेका र खरले छाएका घुमाउने घर अनि गोरेटो, घोरेटो बाटोमा ट्रेकिङ्ग गर्ने इच्क्षाले विदेशी पर्यटकको पहिलो रोजाई थियो । तर पछिल्लो समय विकासका नामा जथाभावि खोलीएका मोटरबाटोका ट्रक्याक र पुराना घरका ठाउँमा ठडिएका कंक्रीटको थुप्रो नेपाली पर्यटन व्यवसायका लागि मुख्य चुनौति बनेको टान नेपालका अध्यक्ष निलहरी बास्तोला बताउनु हुन्छ ।

मुसुक्क हाँसेको हिमालको काखैमा ढकमक्क फुलेको लागिगुराँसका जंगलभित्र फखेटा फिजाँउँदै नाच्ने डाँफे, मुनाल दृष्य, मृग, चित्तल, घोरल, झारल र नाउर लगाएतका जंगली जनावरलाई बाघ, भालुले सिकार गर्दै गरेका दृष्य गोरेटो बाटोको उकालो पछि डाँडैको टुप्पामा पुगेर हेर्न रुचाउने पर्यटकको चाहाना विपरीतका भौतिक संरचनाले पर्यटकलाई लोभ्याउन छोडेको छ । टिलिक्क टल्कने हिमालाई पृष्ठभूमिमा राखेर फोटो लिने पर्यटकलाई हिउँ नपरेपछि वास्तविक सौन्दर्य देख्न नपाउँदा खिन्नता महसुश त हुने नै भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);