काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए । सांसदहरुको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन निर्देशन गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु, शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु ।’
संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।