ओलीले भने– एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

ओलीले भने– एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुनेकुरा पुस १० गते नै भनिसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’

प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);