एजेन्सी, १२ फागुन । बलिउड अभिनेता अक्षय कुमारले बुधबार (फेब्रुअरी २३) मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’ को प्रमोशनको क्रममा एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका छन् ।
यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्विर र भिडियो शेयर गरेका छन् । यसका साथै उनले फ्यानहरुप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । कार्यक्रममा अक्षय सुन्तला जम्प सूटमा देखिएका थिए । यस क्रममा उनले स्टेजमा १८४ सेल्फी खिचे । यो सेयर गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्,‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो । मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा सबैभन्दा धेरै सेल्फी खिच्ने गिनिज वल्र्ड रेकर्ड तोडेका छौं। तपाईं सबैलाई धन्यवाद। यो धेरै विशेष थियो र म यसलाई सधैं सम्झनेछु। अब सेल्फी सेल्फी हुनेछ। शुक्रबार थिएटरमा सबै भेटौंला।’
अक्षयको यो पोष्ट हेरेपछि फ्यानदेखि सेलिब्रेटीसम्मले उनलाई बधाई दिइरहेका छन् । कमेन्ट गर्दै अर्जुन बिजलानीले लेखेका छन्, ’गुड वन सर।’ अक्षयका एक फ्यानले लेखेका छन्, ’खुलादी कुमारलाई धेरै धेरै बधाई छ..तपाईको यो रेकर्ड देखेर खुसी लाग्यो।’ यसै क्रममा केहीले अक्षयले फिल्म ‘लक्ष्मी’ को प्रमोशनका क्रममा लगाएको लुगा लगाएको देखेका छन् । अक्षयको अगाडि यो रेकर्ड ड्वेन जोनसनले २०१५ मा बनाएका थिए । उनले तीन मिनेटमा १०५ सेल्फी खिचेका थिए ।
अक्षयको फिल्म ‘सेल्फी’को कुरा गर्दा उनीसँगै इमरान हाश्मी र नुसरत भरुचा पनि छन् । फिल्म २४ फेब्रुअरीमा हलमा रिलिज हुनेछ । यसलाई राज मेहताले निर्देशन गरेका हुन् । यो फिल्म मलयालम फिल्म ’ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो। यस फिल्ममा इमरान प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । जहाँ अक्षय सुपरस्टार विजयको भूमिकामा देखिएका छन् ।