काठमाडौं, १४ पुस । मधेसी निजामती कर्मचारी संघका पूर्वअध्यक्ष विनोद सिंहले राजपाको केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन् । उनले आफ्नो नाम प्रदेशसभातर्फको समानुपातिक सूचीमा नपरेपछि आक्रोशित हुँदै पार्टी कार्यालय नै तोडफोड गरेका हुन् ।
उनी निजामति कर्मचारीबाट राजीनामा दिएर राजपाको प्रदेश समानुपातिकमा बसेका थिए । उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको छ ।
बबरमहलमा रहेको राजपा कार्यालयमा सिंहले २०-२५ जना मानिस जम्मा गरी कार्यालयको बोर्ड, घरका झ्यालढोका तोडफोड गरी कुर्सि समेत फालेका छन् । तोडफोडबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन ।