सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः महासचिव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताउनुभएको छ ।

बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताउनुभएको हो । उहाँले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताउनु भयो ।

नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थमा दलहरुका बिचमा आपसी सहमती सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवद्र्धन हुने उहाँको भनाई छ ।

उहाँले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताउनु भयो । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);