काँग्रेससहितको गठबन्धन ब्युताउने विषय टुंगोमा पुगेको छैन्ः उपप्रधानमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काँग्रेससहितको गठबन्धन ब्युताउने विषय टुंगोमा पुगेको छैन्ः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेससहितको पुरानो गठबन्धनलाई व्युत्याउने विषय टुंगोमा पुगिनसकेको बताउनु भएको छ ।

माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पार्नु भयो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी हुनु भएका उहाँले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिनु भयो ।

यसैबीच, काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपरान्ह ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);