ओलीले राष्ट्रपतिमा नेपाल र नेम्वाङलाई अघि सारे | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

ओलीले राष्ट्रपतिमा नेपाल र नेम्वाङलाई अघि सारे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सार्नुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उहाँले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सार्नुभएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत ओलीले प्रधानमन्त्री प्रचण्डलाई तपाईँले पनि बचन दिएको र कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ भन्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि सल्लाहा गर्ने जवाफ दिनुभएको थियो । यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);