निर्वाचन प्रक्रिया अघि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

निर्वाचन प्रक्रिया अघि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

deuba

काठमाडौं, १४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग शुक्रबार अपरान्ह भेटगरी राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया अघि बढाउन ढिलाई नगर्न आग्रह गरेका छन् ।

अध्यादेश जारी भईसकेकाले राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले आग्रह गरेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि आवश्यक पर्ने प्रदेश प्रमुख नियुक्तीको काममा पनि ढिलाई नगर्ने आश्वासन निर्वाचन आयोगलाई दिएका छन् ।

राष्ट्रिय सभाको मतदाता प्रदेशसभाका सदस्यहरु समेत हुने भएकाले उनीहरुको सपथका लागि पनि प्रदेश प्रमुख नियुक्ती गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि प्रदेश प्रमुख नियुक्ति गर्न ढिलाई नहुने आश्वासन प्रधानमन्त्रीले दिएको जानकारी गराए । सरकारले पठाएको अध्यादेश जारी भएपछि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई बाटो खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);