लघुवित्तको आतंकले भागाभाग ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लघुवित्तको आतंकले भागाभाग ( भिडियो रिपोर्ट )

आशिष रेग्मी \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन १०। लघुवित्तहरुले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरुको गुनासो छ। लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको पीडितहरुको गुनासो गर्दछन् ।

गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गरि ऋण लिन प्रोत्साहन गर्ने गरेका छन् । लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमासमेत ऋणीहरुको घरमा पठाउने तथा मानसिक र शारीरिक यातना दिने गरेका छन् । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको पीडितहरुको गुनासो छ। महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतो २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको बताउनु हुन्छ। पछिल्लो समय तराईका जिल्लाहरुमा मिटरब्याजी साहुहरुले महिलाहरुलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गर्ने गरेका छन् । त्यति मात्र होईन, लघुवित्तका कर्मचारीहरु रातिसमेत घरमा गइ शरीरमा थुक्ने, शरीर व्यापार गरेर भएपनि ऋण तिर् भन्दै यातना दिने, शौचालयमा थुनिदिने, घरमा ताल्चा लगाईदिने गरेको ऋणीहरुको गुनासो छ।

रौतहटकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताउनु हुन्छ । उहाँले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदासमेत कहिल्यै नसकिएको बताउनु भयो । जति किस्ता तिरे पनि त्यति नै ऋण देखाउने गरेको उहाँको गुनासो छ। कर्मचारीहरु घरमा आएर यातना दिँदा १३ वर्षको छोरीले तीन महिना अगाडि आत्महत्या गरेको कार्की बताउनुहुन्छ।

उदार बजार अर्थतन्त्रमा लघुवित्त संस्था आफैँ जिम्मेवार बन्नुपर्ने भएपनि पछिल्लो समय त्यस्तो देखिएको छैन । लघुवित्तबाट ऋण लिने ३३ लाख ऋणी छन् । राष्ट्र बैंकले सुपरीवेक्षण गरेपछि ऋणीबाट लिन पाइने भन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरु तयार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);