एशिया कप छनोट प्रतियोगिताः हाम्रो लक्ष्य नै छनोट | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

एशिया कप छनोट प्रतियोगिताः हाम्रो लक्ष्य नै छनोट

काठमाडौं, १० फागुन । नेपाल यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान देव खनालले युएईमा आयोजना हुने विश्वकप एशिया छनोट प्रतियोगितामा छनोट भएर स्वदेश फर्किने बताउनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार राष्ट्रिय खेलकुद परिषद्मा आयोजित बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका कप्तान देव खनालले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताउनु भयो ।

पोखरामा भएको अभ्यास र घरेलु मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शनमा सन्तोषजनक भएको भन्दै नवनियुक्त कप्तान खनालले छनोट नै टोलीको मुख्य लक्ष्य भएको बताए । टोलीमा मुख्यत फास्ट बलिङ पक्ष राम्रो भएको उनले थपे । छनोट प्रतियोगिताका सबै खेल फाइनल जत्तिकै महत्वपूर्ण भएको भन्दै खनालले सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रिने बताउनु भयो । कप्तान जिम्मेवारी आफ्नो व्यक्तिगत करियका लागि निकै महत्वपूर्ण रहेको र राम्रो नतिजा देशका लागि दिलाउँदै पुनः राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य रहेको कप्तान खनालले बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महत्वपूर्ण रहेको र सबै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताउनु भयो । नेपाली टोली सबै पक्षमा सन्तुलित भएको बताउँदै प्रशिक्षक टमाटाले मुख्यतः त टोलीमा तिब्र गतिका बलरले खेलमा हाबी हुने विश्वास लिनुभएको छ । मंगलवार नेपाली टोलीले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन टोली स्कटल्याण्डसहित नामिबियासँगको श्रृंखलामा क्लिन स्विप गरेपछि उमेर समूहको टोलीमा पनि मनोबल बढेको बताउँदै प्रशिक्षक टमाटाले करिव दुई महिनाको क्लोज क्याम्पको नतिजा राम्रो आउने विश्वास गर्नुभयो । युवा खेलाडीमा केही गर्नुपर्छ भन्ने अठोट भएको र कुनै पनि हालतमा छनोट हुने लक्ष्य लिएर खेल्न टोली मानसिक हिसावमा तयार भएको प्रशिक्षक टमाटाले बताउनु भयो । सनियर टोलीसँगको अनुभव बटुलिसकेका देव खनालको कप्तानीमा टोली छनोट भएर स्वदेश फर्किनेमा आपूm ढुक्क भएको बताउनु भयो ।

उता छनोट प्रतियोगिताका लागि नेपाली यु–१६ टोलीबाट खेलिसकेका अर्जुन कुमालले पनि तयारी राम्रो गरेको बताउँदै च्याम्पियन भएर स्वदेश फर्किने प्रतिवद्धता जनाउनु भयो । अहिले मौका भएको भन्दै ओपनर अर्जुनले सबै खेलमा जित शत प्रतिशत दिएर टोलीका लागि सुखद् नतिजा दिलाउने लक्ष्यका साथ खेल्ने बताउनु भयो ।

एशिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सिधै छनोट हुने मौका पाउनेछ । यस प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग छनोट टोलीले विश्वकप यु–१९ प्रतियोगिता खेल्नेछ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन् । सार्वजनिक तालिका अुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरबिरुद्ध खेल्दै शुरुवात गर्नेछ । दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतबिरुद्ध खेल्नेछ भने फागुन १५ गते हंकङसँग खेल्नेछ । फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ । टोली बुधवार नै युएई प्रस्थान गर्नेछ ।

नेपाली टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);