हजारौं पीडाका बीचमुस्कुराई रहेकी सपना आफैमा सन्देश बनिरहेकी छिन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

हजारौं पीडाका बीचमुस्कुराई रहेकी सपना आफैमा सन्देश बनिरहेकी छिन ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन १०। पशुपति क्षेत्रमा पुग्दा हातमा ग्लोब्स् लगाई कुचो समातेर पशुपति मन्दिरको फोहोर बढारी रहेकी थिईन् सपना रोका मगर । म्याग्दीको बरंजा घर भै काठमाडौंमा बसोवास गर्दै आएकी २१ बर्षीय सपना तिनै हुन् जसलाई बिबिसीले सन् २०२० मा विश्वको उत्प्रेरक र प्रभावशाली सय महिलाको सूचिमा समेटेको थियो । शिवरात्रीमा पशुपतिमा घुइँचो लागेका भक्तजनले गरेका फोहोर व्यवस्थापनका लागि उनी सहित टिम पुगेको थियो । बेवारीसे शवको व्यवस्थापनको काम गर्दै आएकी सपनाललाई हाल सम्म यति नै शवको व्यवस्थापन गरे भन्ने त थाहा छैन तर १ हजार भन्दा बढी शवको व्यवस्थापन गरेजस्तो लाग्छ । नामका लागि भन्दा पनि बेवारिसे शवको व्यवस्थापन र पशुपति मन्दिर परिसरमा समाजिक काम गर्दा आफूलाई आनन्दको अनुभूति हुने बताउँछिन् ।

सामान्य परिवारकी सपना काठमाडौंमा आएदेखि उनको दैनिकी पशुपतिमा नै बित्ने गरेको थियो । किन किन पशुपति आँउदा घरमै आए जस्तो हुने बताउँछिन् । अचेल त यो ठाउँमा बेवारिसे शव व्यवस्थान गर्न आउनु भन्ने फोन आउँछ। कहिले सरसफाई गर्न त कहिले विरामीलाई औषधि ल्याईदिनु भन्दै फोन आउने गरेको सुनाउँछिन् ।

पहिले बाध्यताले वेवारीसे शवको व्यवस्थापन गरेकी सपनाले अहिले रहरले त्यहि काम गर्दै छिन् । उनलाई यो भन्दा फरक क्षेत्रमा काम गर्न समेत विभिन्न अवसरहरु नआएका होइनन् तर यो क्षेत्र छोड्नै मन नलाग्ने बताउँछिन् । कहिले काँही काम गर्दा गर्दै कोठामा पुग्ने भाडा हुदैन अनि साथिभाईलाई मागेर जान्छिन् र कोठामा पुगेर खुसीका साथ चिउरा र पानी खाँदै सुत्छीन् । तर पनि सपनासँग सेवाको भाव जिवितै छ। जसरी पिपलले ठुलो ढुङ्गामा पनि जरो गाडेर आफूलाई ठड्याउँछ त्यसरीनै हजारौं पीडाका बीच मुस्कुराई रहेकी वर्तमान समाजका लागि सपना आफैमा सन्देश बनिरहेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);