काठमाडौं, १० फागुन । लामो समय प्रहरी हिरासतमा रहेका भर्खरै रिहा भएका सन्दीप लामिछानेले घरेलु मैदानमा त्रिकोणात्मक खेलबाट कमब्याक गरे ।
त्रिवि मैदानमा भएको खेलमा नेपालले सफलता पाएसँगै सन्दीपको बलिङको निकै चर्चा भएको छ । सन्दीपलाई दर्शकले धेरै हौसला दिए । क्रिकेट खेल्नका लागि उनलाई विदेश पठाउनसमेत खेल मैदानमै दर्शकले नाराबाजी गरे ।
दर्शकको हौसला पाएका सन्दीपले आज सामाजिक सञ्जालमा उनीहरुप्रति आभार प्रकट गरेका छन् । सन्दीपले लेखेका छन्,‘‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’
सन्दीपले आज अदालतमा राष्ट्रिय टीमबाट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै पुनरावेदन गर्दैछन् । तर, उच्च अदालतको फैसला सर्वोच्चले नसच्याएसम्म उनी विदेश जाने सम्भावना देखिदैन् ।