राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन फागुन १२ गतेदेखि

काठमाडौं, १० फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्महुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशनएवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको उनले बताए । कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनित्यस्तो सम्भवनभएको उनले बताए । तत्कालीन समयमाकोभिडको समयमाकलाकारलाई रोग र भोकबाट बचाउनआफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्ष द्वयदुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्य पदाधिकारीहरु अमृत अधिकारी, रीता थापा, राजकुमार रायमाझी, प्रकाश बराइलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालनमहासचिव सुवास केसीले गरेकाथिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);