महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लोसपा सक्रिय | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लोसपा सक्रिय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन दौडधुपमा लागेका छन् ।

अध्यक्ष ठाकुरसहितका नेताहरुले मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन राखेको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक रूपमा लिँदै आफ्नोतर्फबाट पहल गर्ने बचन दिएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । लोसपाका नेताहरुसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्छ भन्ने पक्षमा रहेपनि अहिलेसम्म कोही व्यक्तिको हकमा निर्णयमा नपुगेको दोहो¥याउनुभएको थियो ।

लोसपाका नेताहरु बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);