काठमाडौं, ८ फागुन । जनता समाजवादी पार्टी, नेपाल आज पनि केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शुरु हुनेछ । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।
आईतवार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा छलफल भएको थियो ।