विभागद्धारा तीन हजार कार्टोन म्याद सकिएको बियर बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विभागद्धारा तीन हजार कार्टोन म्याद सकिएको बियर बरामद

काठमाडौं, ५ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाबाट म्याद सकिएका बियर बरामद गरी अनुसन्धान थालेको छ ।

विभागको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट करिब ८३ लाख रुपैयाँको बराबरको विभिन्न ब्रान्डका म्याद सकिएका तीन हजार ६० कार्टोन बियर बरामद गरेको जनाएको छ ।

अनुगमन टोलीले मङ्गलबार र बुधबार म्याद सकिएका बियर राखिएका गोदाममा सिलबन्दी समेत गरेको छ ।

विभागको अनुसार म्याद सकिएका टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा र बाह्रसिङ्गे ब्रान्डका बियर राखिएका गोदाममा सिलबन्दी गरी थप अनुसन्धान गर्न थालिएकोे हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);