काठमाडौं, ५ फागुन । त्रिवि क्रिकेट मैदानमा भइरहेको विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङ गर्न चुनौति दिएका हुन् ।
घरेलु मैदान कीर्तिपुर क्रिकेट मैदानमा केहीबेरमा खेल सुरु हुने छ। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो भने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो।