न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीमा काठमाडौँ महानगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारीमा काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान गर्न आउँदो चैत २४ र २५ गते सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको छ । महानगरको न्यायिक समितिका सदस्यहरु कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य हुनुहुन्छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर सदस्य हुनुहुन्छ भने सदस्य सचिवमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य हुनुहुन्छ ।

आज समितिको दोस्रो बैठक सम्पन्न भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);