एजेन्सी । अमेरिकाको अलाबामामा सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । हेलिकप्टर डाउनटाउन हन्ट्सभिलबाट करिब १० माईल टाढा अलाबामा–टेनेसी सीमा नजिक राजमार्ग ५३ मा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जानकारीका अनुसार यो टेनेसी नेशनल गार्डको ग्ज्–टण् हेलिकप्टर थियो जुन नियमित प्रशिक्षणमा थियो । म्याडिसन पुलिस अधिकारीहरूले स्थानीय समय अनुसार बिहान ३ बजे ९११ कल प्राप्त गरेका थिए । दुर्घटनाको सूचना पाएपछि प्रहरीका धेरै गाडी घटनास्थलमा पुगेका थिए ।
दुर्घटनापछि हेलिकप्टरमा आगो लागिरहेको थियो । हेलिकप्टरमा सवार कसैलाई बचाउन नसकेको उनीहरुको भनाइ छ । यद्यपी हेलिकप्टर किन दुर्घटना भयो भन्ने बारे अहिलेसम्म कुनै जानकारी आएको छैन । नेशनल गार्डका अधिकारीले बाँकी सैन्य विमानजस्तै यो हेलिकप्टरको दुर्घटनाबारे पनि अनुसन्धान गरिने बताएका छन् । दुर्घटनालाई ध्यानमा राखी उक्त क्षेत्रमा यातायात व्यवस्था ठप्प भएको छ ।