सिंचाई विकास डिभिजन बुटवलका तत्कालीन प्रमुखसहित तीनजनाविरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

सिंचाई विकास डिभिजन बुटवलका तत्कालीन प्रमुखसहित तीनजनाविरुद्ध मुद्दा

काठमाडौं, ३ फागुन । भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । श्रेष्ठसहित इन्जिनियर सन्तोष कुमार दास र थापा कन्स्ट्रक्सनका प्रोप्राइटरसमेत ३ जनालाई काम पुरा नभई भुक्तानी गरेको उजुरीको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नवलपरासी जिल्लास्थित पेटवनिया सिंचाई योजनाको लागि आ.व. २०७४।०७५ मा बजेट निकासा भएको डिप ट्युववेलको कार्यमा निर्माण व्यवसायीमार्फत कार्य गर्दा प्रमुख श्रेष्ठ, इन्जिनियर दासले ठेक्कामा जडान नै नभएका अल्फा भल्भसमेतको मूल्यांकन गरी कार्य सम्पन्न भएको प्रतिवेदन तयार पारी १ लाख २० हजार बढी भुक्तानी श्री थापा कन्स्ट्रक्सन दिएको पुष्टि भएको हो ।

सोही प्रतिवेदनका आधारमा रकम भुक्तानी भएकोले श्रेष्ठ र दासलाई सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिमको कसुरमा समेत सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदावी गर्दै बिषेश अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

Leave a Reply