काठमाडौं, २ फागुन । यातायात मजदुरहरुको आन्दोलनको क्रममा ल्योत्से मलबाट मोवाइल र सामान चोरी भएपछि व्यवसायीहरु आक्रोसित भएका छन् । सयममानै प्रहरी फोर्स नपठाएकोमा उनीहरुले प्रशासनप्रति रिसाएका हुन् ।
आन्दोलनका क्रममा उक्त मलका पसलहरुमाथि तोडफोड र लुटपाटसमेत भएको भिडियो बाहिरिएका थिए । समयमा नै प्रहरी परिचालन नभएकाले क्षति धेरै भएको व्यवसायीहरुको गुनासो छ ।
८–१० करोड बढीको क्षति भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । मजदुरहरुले माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको व्यवसायीहरुको दाबी छ ।