काठमाडां, २९ माघ । चिकित्सकमाथि कुटपिटपछि आन्दोलनमा उत्रिएका चिकित्सकको टोली सरकारी पक्षसँग वार्तापछि स्वास्थ्य संस्था खोल्न सहमत भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सरकारका प्रतिनिधि र नेपाल चिकित्सक संघका प्रतिनिधिबीच भएको वार्तामा आन्दोलन फिर्ता लिएर अस्पताल खोल्ने सहमति भएको हो ।
सरकारको पक्षबाट सचिव सचिव गणेशप्रसाद पाण्डे र चिकित्सक तर्फ संघका अध्यक्ष डा.लोचन कार्कीले वार्ताको नेतृत्व गरेका थिए । सहमति भएको बारेभने औपचारिक घोषणा हुन बाँकी छ । दुई पक्षबीच चिकित्सकहरुको सुरक्षा र भिभिआइपीका सवारीका विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा हिड्ने क्रममा नेपाल ट्रमा सेन्टरमा कार्यरत डा.जनिथलाल सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । उनको टाउको र हातमा चोट लागेको छ । उनलाई ट्रमा सेन्टरको आइसीयुमा अब्जरभेसनमा राखिएको छ । उनलाई लठ्ठी प्रहार गर्ने प्रहरी हवल्दार निलम्बनमा परेका छन् ।