आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, २९ माघ । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ श्रावण – २०७९ आषाढ)” पेश गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडलेले आ.व. २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् ।

सभामुख देवराज घिमिरेले “प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित, सक्रिय राजनीतिका साथै सामाजिक कार्यमा अतुलनीय योगदान दिएका, शालिन एवं सरल व्यक्तिको कर्मा घलेको ५९ वर्षको उमेरमा भएको निधनप्रति पारित गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार