अनेरास्ववियुको केन्द्रीय सचिवमा प्रकाश पौडेलको उम्मेद्वारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

अनेरास्ववियुको केन्द्रीय सचिवमा प्रकाश पौडेलको उम्मेद्वारी घोषणा

काठमाडौं । विद्यार्थीको नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूसँग सङ्गठन सञ्चालनको ज्ञान र क्षमता दुवै भएकाले केन्द्रीय केन्द्रीय सचिव पदमा आफ्नो आवश्यकता रहेको पौडेलको दाबी छ ।

२०६३ सालमा अनेरास्ववियु जनकल्याण माबी पुलाचौर बाट स्कुल कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका पौडेल ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै अनेरास्ववियु म्याग्दीको १८औँ अघिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

अनेरास्ववियूको २२औँ महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै गण्डकी प्रदेशको अध्यक्ष पद समेत समालेका छन् ।

उनले गण्डकी प्रदेशमा “विपतीमा साहारा, विभेदमा विद्रोह” म अखिल भन्ने मूल नारा लिएर संङ्गठनलाई अगाडी बढाइरहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);