के भुकम्पपछि हावा पानीको कारण पनि मृतकको संख्या बढ्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

के भुकम्पपछि हावा पानीको कारण पनि मृतकको संख्या बढ्छ ?

काठमाडौं, २७ माघ । करिब १०० घण्टाअघि टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको थियो । यसमा हालसम्म २१ हजारभन्दा बढीको शव फेला परेको छ भने हजारौं बेपत्ता छन् । बेपत्ता भएकाहरू भवनको भग्नावशेषमा दबिएका छन् । उद्धारका लागि टोलीहरू दिनरात खटिरहेका छन्, तर समय बित्दै जाँदा, भग्नावशेषमुनि बाँचेकाहरू फेला पार्ने सम्भावना घट्दै गएको छ।

युनिभर्सिटी कलेज लन्डनका प्रकोप र स्वास्थ्यका प्रोफेसर इलान केल्म्यानका अनुसार भूकम्पपछि भवनहरू प्रायः भत्किन्छन्, जसमा मानिसहरू गाडिएका हुन्छन्। यस क्रममा उनीहरूलाई चोट लाग्छ र यो मृत्युको मुख्य कारण हो। मान्छे मर्न नपरेपनि समयमै उपचार नपाउँदा र अत्याधिक रक्तस्रावका कारण ज्यान जाने गर्छ ।

मानिसको जीवन र मृत्यु बीचको भिन्नता निर्धारण गर्ने दोस्रो कुरा हावा र पानीको उपलब्धता हो। हावा उपलब्ध नभएको ठाउँमा गहिरो भग्नावशेषमा पुरिएमा निसास्सिएर मानिसको मृत्यु हुन्छ ।

यसका साथै मौसम पनि मानिसको बाँच्नका लागि धेरै हदसम्म जिम्मेवार हुनसक्छ । सिरिया र टर्कीमा राहत र उद्धार कार्यमा मौसम प्रमुख अवरोध बनेको छ। त्यहाँ अहिले निकै चिसो बढेको छ । भूकम्प गएको रात धेरै ठाउँमा हिउँ परेको थियो भने तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो । योसँगै धेरै ठाउँमा पानी परेको छ ।

पानी नपाउँदा मानिसको ज्यान पनि जान सक्छ । चिसो र सामान्य चोटपटक लागेपछि बाँच्नेहरूलाई खाना र पानी चाहिन्छ। धेरै मानिसहरू पानी बिना तीन–चार दिन बाँच्न सक्छन्, तर पाँचौं दिनमा मर्न सक्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);