सुधारगृहभित्र बसेका आफैले ओड्ने ओच्छाउनेमा लगाए आगो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सुधारगृहभित्र बसेका आफैले ओड्ने ओच्छाउनेमा लगाए आगो

काठमाडौं, २७ माघ । सुधारगृहभित्र राखिएकाहरुले बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरेका छन् । कानुनी विवादमा परेर सुधारगृहभित्र बसेकाहरुले नै आगजनी गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार सुधारगृहमा रहेका पटकपटक झगडा गर्ने दुई समुहमध्ये एक समुहलाई काठमाडौं स्थान्तारण गर्न खोजिएपछि उनीहरु तोडफोड र आगजनीमा उत्रिएका हुन् ।

नेपालगन्जबाट दमकल बोलाएर आगो नियन्त्रण लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले आफै सुत्ने ओच्छाउने डसना सिरकमा आगो लगाएका हुन् ।

उक्त सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच नै पटक–पटक सामुहिक फाइट हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);