काठमाडौं, २६ माघ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने भएको हो ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
सुदुरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिंदैछन् । नागरिक उन्मुक्तिसहित चार दलको समर्थन पाएको सुदुरपश्चिम सरकारलाई सो पार्टीले विश्वासको मत नदिने निर्णय गरेको थियो । उन्मुक्तिपार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसँग ओलीले आज तीन घण्टा लामो छलफलपछि संयन्त्रको बैठक बस्ने लागेको हो ।