काठमाडौं, २४ माघ । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ ।
आज फाइनलमा न्यु डायमण्ड र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा स्थान सुरक्षित बनाएको हो भने एपिएफ समूहचरणमा दोस्रो हुँदै फाइनल पुगेको हो ।