नौलेक फाउण्डेशनद्धारा दुई शिक्षकको बिदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नौलेक फाउण्डेशनद्धारा दुई शिक्षकको बिदाई

काठमाडौं, २४ माघ । नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई स–सम्मान बिदाई गरिएको हो ।

नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै आउनु भएका दुई शिक्षकलाई गाउँपालिका वडा नं.१ का अध्यक्ष तथा फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ६÷६ लाख रुपैया सहित बिदाई गर्नुका साथै अर्को शिक्षक पेशल मगरलाई पनि सम्मान गर्नु भएको थियो ।

नौलेक प्राथमिक विद्यालय सन १९८० मा स्विस नागरिकहरुको सहयोगमा चित्रा बोरा द्धारा निर्माण गरिएको टहराबाट संचालित विद्यालय हो । गाउँमा विद्यालय नहुँदा र साधारण लेखपढ गर्न नजान्ने अवस्था हुँदा कोही कसैलाई चिठ्ठी पत्र पठाउन तथा चिठ्ठी पत्र पढ्न अन्य गाउँमा जानु पर्ने अवस्था देखेर स्व।आङ ग्याल्जेश शेर्पाले विदेशी नागरिकहरुलाई बिन्ती गरी संचालनमा ल्याईएका विद्यालय हो सो विद्यालयमा अध्यनरत र सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक रुपमा सहयोग गर्नु भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);