सेयर बजारमा सामान्य अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । सेयर बजार सोमबार ०.२२ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा आएर बन्द भएको छ ।

यसअघि आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा सोमबार त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित भएको छ ।

सोमबार २५९ वटा कम्पनीको कारोबार हुँदा ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ । एनआइसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको ६ करोड ४५ लाख बराबर रुपैयाँको कारोबार भएको हो ।

सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। माहुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ वटा उपसूचकमध्ये विकास बैंक, जीवन बिमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);