खेल मैदान नहुँदा डडेल्धुराका खेलाडी पलायन हुँदै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

खेल मैदान नहुँदा डडेल्धुराका खेलाडी पलायन हुँदै ( भिडियो रिपोर्ट )

विमल जैरु \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, माघ २१।  खेल मैदानको अभावमा डडेल्धुराका खेलाडीहरुले खोलाको बगरमा क्षेत्रीय पुरुष छनोट क्रिकेट खेल खेलिरहेका छन् । डडेल्धुरा सदरमुकाममा खेलाडीहरुका लागि खेल मैदान र कर्वडहलको व्यवस्था नहँुदा खेलाडीहरुलाई समस्या हुने गरेकोे छ । जिल्ला सदरमुकाममै उचित खेल मैदान र कर्वडहलकोे व्यवस्था नभएकाले खेलप्रमीहरुलाई समस्या हुने गरेको हो । देश र विदेशमा लोकप्रिय क्रिकेट खेलका लागि त खोलाको बगर बाहेका अन्य विकल्प नै छैन । सबै खेलमा त्यस्तै समस्या छ । जिल्लाले ५ पटक प्रधानमन्त्री पाएपनि खेलाडीहरुका लागि एउटै पनि खेल मैदान छैन । विश्वमा कही नदेखिने खोलाको बगरमा क्रिकेट खेल्नु पर्ने बाध्यता ५ पटक देश हाँकी सकेको प्रधानमन्त्रीसँगै स्थानीय र प्रदेश सरकारलाई गिज्याइ रहेको छ । यसो समस्या समाधान गर्न अझैसम्म पनि केहि कतै संकेत देखिएको छैन ।

जिल्लामा उचित खेल मैदान नहुँदा कराँते, भलिबल, दौड लगायतका समान्य खेलसमेत सिकाउन र सिक्न समस्या हुने गरेको छ । मैदान नै नहुँदा खेलकुद प्रतियोगिता पनि हुन नसकेकाले खेलाडीहरु उत्पादन शुन्यकै अवस्थामा छ । डडेल्धुराबाट मात्रै अहिलेसम्म ३० जना पुरुष खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन भने ५ जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन । उचित खेलमैदान भए प्रत्येक वर्ष ४÷५ जना खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने जिल्ला खेलकुद बिकास समितिको विश्वास छ ।

डडेल्धुराका सात स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र पर्शुराम नगरपालिकामा स्तरीय खेल मैदान छ भने आलिताल गाउँपालिकाले सुनखोलाको बगरमा प्रस्ताव गरेको खेलमैदान बाढीले बगाइसकेको छ । भागेश्वर गाउँपालिकामा खेल मैदान नै छैन । जिल्लाको केन्द्रमा रहेको अमरगढी नगरपालीकामा खेल मैदानका लागी ३५ करोडको बहुउद्देश्यीय डिपिआर समेत अलपत्र परेको छ । खेलमैदान नहुँदा जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड लगायतका अन्य प्रतियोगिताहरु गर्न समस्या छ ।

स्थानीय सरकार तथा राजनीतिक नेतृत्वले सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा विकासका अन्य आयामसँगै व्यवस्थित र सुबिधा सम्पन्न खेल मैदानसहित पूर्वाधार निर्माणका लागी ध्यान दिन जरुरी छ । माउण्टेन टेलिभिजन एचडीकालागि डडेल्धुरा सहकर्मी विमल जैरुको रिपोर्ट ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);