महिला साफ च्याम्पियनसिपः नेपाल पहिलो खेलमै पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महिला साफ च्याम्पियनसिपः नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । २० बर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

बंगलादेशमा शुक्रबार शुरु भएको २० बर्ष मुनिको महिला साफ फुटबलमा नेपाल घरेलु टोलीसँग ३ –१ गोल अन्तरले पराजित भएको हो । ढाका कमलापुरस्थित बिएसएसएस मोस्तफा कमल स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन्। मस्ट अक्लिमा खातुनले एक गोल गरिन् ।

नेपालका मनमाया दमाइले एक गोल फर्काईन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागि छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);