काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।
केन्द्रीय कार्यालयमा दिउँसो ४ः३० बजेबाट सुरु भएको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बसेको हो ।
रास्वपाको आजको बैठकले सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।
रास्वपाबाट सरकारमा २ मन्त्री र एक राज्यमन्त्री सहभागि रहेका छन् ।