सेन्ट पिटर्सवर्ग शहरमा विष्फोट हुँदा १० जनाको घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सेन्ट पिटर्सवर्ग शहरमा विष्फोट हुँदा १० जनाको घाइते

रसिया: रुसको मुख्य शहर सेन्ट पिटर्सवर्गको एक सुपरमार्केटमा विष्फोट हुँदा १० जना घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार पसलभित्र सामान राख्ने ठाउँमा विष्फोट भएको थियो । विष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

 

समाचार एजेन्सी रोयटर्सका अनुसार यो विष्फोट हत्या गर्ने उद्देश्यका साथ गरिएको थियो । विष्फोटमा कसको संलग्नता छ भनेर खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

यसअघि रुसमा आतंकवादी आक्रमण हुन लागेको पूर्वसूचना अमेरिकी गुप्तचर निकाय सीआईएले दिएको र सम्भावित ठूलो क्षति रोकिएको समाचार सार्वजनिक भएको थियो ।