काठमाडौं, १९ माघ । ९ किलोग्राम सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट ९ केजी १३५ ग्राम सुनसहित क्यानेडेली नागरिक बुधबार राति पक्राउ परेका हुन् । दुबईबाट आएका मोहमद कमल मोहगोबलाई विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उनले कम्मरमा फल्स बटम बनाएर आठवटा बिस्कुट आकारका सुन ल्याएका थिए । उनको साथबाट नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पत्ता लागेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।