धितोपत्र बोर्डका अध्यक्षमाथि गैरकानूनी ढंगले नागरिकता र राहदानी प्रयोग गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

धितोपत्र बोर्डका अध्यक्षमाथि गैरकानूनी ढंगले नागरिकता र राहदानी प्रयोग गरेको आरोप

काठमाडौं, १९ माघ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि गैरकानूनी ढंगले नागरिकता र राहदानी प्रयोग गरिरहेको आरोप लागेको छ । बोर्डका अध्यक्ष हमालमाथि त्याग गरिसकेको नागरिकतालाई नै प्रक्रिया नै पूरा नगरी काम गरेको आरोप लागेको हो ।

नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिई लामो समय विदेशमै बसेका उनी धितोपत्र बोर्डको अध्यक्ष बन्न तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा नेपाल आएका थिए । उनले विदेशी नागरिकता छाडे पनि प्रक्रिया नै पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको स्रोतको दाबी छ ।

थाइल्याण्डमा व्यवसाय सञ्चालन गर्दै आएका हमाल लामो समयसम्म नेपाल छाडेर त्यहीको स्थायी आवासीय सुविधा र नागरिकता लिएको पाइएको हो । तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि गैरकानूनी ढंगले ‘गोल्डेन सेयर’ लिएको प्रकरणमा कारबाही भएपछि हमाल बोर्ड अध्यक्ष भएका थिए ।

उस्तै विषयमा अदालतको आदेशपछि रवि लामिछानेको सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद गइसकेको छ । तर, उस्तै प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष हमालमाथि कारबाही होला वा नहोला त्यो भने अनुुसन्धानले नै बताउँला ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);