काठमाडौं, १९ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार बहराइनमा भएको एएफसीको ३३औं चुनावी कांग्रेसबाट उनी चार वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । साउथ क्षेत्रबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिका निर्वाचित भएका छन् ।
अध्यक्षमा भने चार वर्षे कार्यकालका लागि तेस्रोपटक पुनः शेख सलमान विन अब्राहम अल खालिफा निर्वाचित भएका छन् ।