बैंकको चर्को ब्याजदरबिरुद्ध व्यवसायीहरु सडक आन्दोलनमा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

बैंकको चर्को ब्याजदरबिरुद्ध व्यवसायीहरु सडक आन्दोलनमा ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ १७।  व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण आफूहरु सडकमा आउनपरेको भन्दै तत्काल ब्याजदर एकल अंकमा ल्याउनुपर्ने माग गरे । पछिल्लो समय साना मझौला उद्योगीहरुलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरुले देखाएको आंतकले पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको व्यवसायीहरुको भनाइ थियो ।

सडक आन्दोलनमा हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरुलाई सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको भन्दै अवस्था असहज भएकाले कर्जाको किस्ता तिर्न समय माग गरिएको प्रष्ट पार्नुभयो । उपाध्यक्ष श्रेष्ठले ऋणिहरुलाई सहज वातावरण बनाउन राष्ट्र बैंक र सरकारले उद्योगी व्यवसायीहरुको घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग गर्नुभयो ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरुबाट चर्को ब्याज असुलेर नाफा कमाएर बसेको आरोप लगाउनुभयो । बैंकहरुले सबै क्षेत्रका व्यवसायीहरुको सम्पत्ति लिलामी गर्न दैनिकजसो पत्रिकाहरुमा सूचना प्रकाशित गरी आतंक फैलाएको जिकिर गर्नुभयो ।

त्यस्तै,फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालन गर्ने खर्च निजी क्षेत्रले योगदान गरिरहेको भन्दै रोजगारी सिर्जनामा साना व्यवसायीहरुले भूमिका खेले पनि निश्चित व्यवसायीहरुले मात्र राज्यबाट फाइदा लिएको जिकिर गर्नुभयो । साना व्यवसायीहरुले शरीरमा आगो लगाएर आत्मदाह गर्दा समेत राज्य मौन बस्नु राम्रो नभएको उहाँको टिप्पणी थियो ।

कृषि उत्पादन, साना तथा मझौला उद्योगदेखि उत्पादनका खाद्य, सिमेन्ट, फलाम, इँटासँगै पेय पदार्थसम्मको कारोबारमा असामान्य उधारोका कारण उद्योग र व्यवसाय चौपट भएको उद्योगी–व्यवसायीहरूको भनाइ छ। बढ्दो चर्को ब्याज र बैंकहरुको ताकेताले व्यवसायीहरु यति बेला हतोत्साहित हुन पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);