भाइदेगः पुनर्निर्माणमा आर्थिक सहयोगका लागि पैदल यात्रा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भाइदेगः पुनर्निर्माणमा आर्थिक सहयोगका लागि पैदल यात्रा हुने

काठमाडौं, १७ माघ । रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न विद्यमान भाषा, कला, र संस्कृतिको जगेर्ना गर्न र जनमानसमा यसबारे अवगत गराइ सम्पदाको प्रचारप्रसार गर्ने मनशायले पैदल यात्रा गर्न
लागिएको जानकारी गराइएको छ ।

फागुन ६ गते हुने पैदल यात्रा ललितपुर मंगलबजार दरबार स्क्वाएरबाट बिहान ७ बजे शुरु भइ मंगलबजार, पुलचोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लव अफ पाटन हेरिटेजका सदस्य प्रदीप श्रेष्ठले पैदल यात्रामा २ हजार भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने संस्थाको उद्देश्य
रहेको बताउनु भयो । उहाँले पैदल यात्रामा सहभागीता जनाउन चाहनेले प्रतिव्यक्ति ७ सय रुपैयाँ सहयोग स्वरुप खल्ती एपमा पठाउन आग्रह गर्नुभयो । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ ।

दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध् गराइने हेरिटेजले बताएको छ । हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदल यात्राको कार्यक्रम राखेको जनाएको छ । भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ (हाल निर्माणाधिन अवस्थामा) रहेको छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर वि।सं।१९९० को भूकम्पमा भत्किएको थियो । मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा तत्कालीन प्रधानमन्त्री भारो भागीरथ भैयाले वि।सं।१७३५ मा बनाउनुभएको थियो

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);