शहीद दिवशमा किन दिएन सार्वजनिक बिदा ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शहीद दिवशमा किन दिएन सार्वजनिक बिदा ? ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ १७।  तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय लिएका थिए । शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र दशरथ चन्द अनि गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पु¥याउने क्रममा अमरत्व प्राप्त गर्ने शहीदको सम्झनामा काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ । बाईट ः शान्तदास मानन्धर, साहित्यकार
मुलुकमा व्यवस्था त परिवर्तन भयो तर पात्र र प्रवृत्ति परिवर्तन भएन । जनतामा असन्तुष्टि व्याप्त छ। शहीदको बलिदानलाई शासकहरुले बुझ्न चाहेनन् । शासकहरुले शहीदको गुणहरु नभई राणा शासककै शैलीलाई बढी अनुशरण गरिरहेको विषय उठ्ने गर्छ । हरेक बहानामा विदा दिन कन्जुस्याई नगर्ने नेताहरु देश र जनताको लागि बलिदान दिने महान शहीदहरुलाई सम्मान गर्न चाहेनन् ।

बिदा कटौतीलाई नेताहरुको शहीदको योगदान बिर्साउने कदमका रुपमा पनि बुझ्न थालिएको छ । नेताहरु बलिदानीको अबमूल्यन गर्न थालेका त होइनन् ?

शहीदहरु परिवर्तनका मात्र नभई प्रेरणाका स्रोत पनि हुन् । देश र जनताकोे राम्रो भविष्यको लागि शहीदहरुले आफ्नो प्राणको आहुति दिए ।

देशको अवस्था अत्यन्तै भयाबह बन्दै गइरहेको । देशमा केही टाठाबाठाले मात्र शक्ति केन्द्रित गरी लाभ लिइरहेका छन् । बोलीमा समाजवाद भन्दै आर्थिक, राजनीतिक र सामाजिक असमानताको खाडल बढाउँदै लगिएको छ । क्षमता हुँदा हुँदै सक्षम नागरिक अवसरबाट वञ्चित पारिएका छन् । विधिको शासनको मूल्य मान्यता विपरित शासन चलाउन खोजिँदै छ। शहीद दिवश मनाइरहँदा जनताले गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनु अनिवार्य हुन्छ । अर्कोतर्फ, नेतृत्वले पनि शहीदको सपना भुल्न हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);