राष्ट्रपतिमा दाबी गर्ने भए काँग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छः शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

राष्ट्रपतिमा दाबी गर्ने भए काँग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिमा दाबी गर्ने भए काँग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले प्रतिपक्ष भन्ने र अर्कोतिर सत्ताको हिस्सेदारी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । उहाँले सत्तापक्षले आन्तरिक समझदारीमा राष्ट्रपतिको उम्मेदवार उठाउने पनि बताउनु भयो । काँग्रेस वर्तमान सत्ता समीकरणलाई तत्काल विघटन गर्न कुत्सित मनशायका साथ बसेको उहाँको आरोप थियो ।

रेशम चौधरीसँग जोडिएको पार्टीको प्रश्नलाई उपयुक्त विधिबाट समाधान गरेर जाने सोच रहेको महासचिव पोखरेलको भनाइ थियो । उहाँले नयाँ सरकार बनेपछि हरेक प्रकारका आथिएक सूचकहरुमा केही न केही सकारात्मक संकेतहरु देखिएको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);