काठमाडौं, १६ काठमाडौं । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आईतवार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ । चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहनेछैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनुहुनेछ । कार्यक्रममा बोल्दै अमिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसाद बनाउने की नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म बनाउन लागेको बताउनु भयो । उहाँले पशुपतिप्रसादको मायाँलाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको बताउनु भयो ।
कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि धेरै नै महत्वपूर्ण भएको बताउनु भयो । मेरो जोडी पशुपतिप्रसादसँग भएकाले त्यही अनुसारको पात्र हुनुपर्छ भन्ने हिसावले आफूलाई फिल्ममा नपर्दा पनि चित्त बुझाएको बताउनु भयो । कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताउनु भयो । कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताउनु भयो । उहाँले पशुपतिप्रसाद रिलिज भएको ७ वर्ष पूरा भएपछि मात्रै पशुपतिप्रसाद २ भष्मे डन बनाउन लागेको बताउनु भयो । उहाँले सबै दर्शकको मन जित्ने तरिकाले फिल्म बनाउने बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसाद आफूले एक्लै हलमा हेरेको फिल्म भएको बताउनु भयो । उहाँले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराउने बताउनु भयो । चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा धेरै नै खुशी लागेको बताउनु भयो । उहाँले आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भुमिका कति महत्वपूर्ण छ भन्नेकुराले आफूलाई महत्व राख्ने बताउनु भयो ।
चलचित्रमा विपिन कार्कीको पनि मुख्य भुमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् । चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ ।