भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन ः शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन ः शेरबहादुर देउवा

२०८१,१२,२५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमवार काठमाडौँमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक गोष्ठीमा सभापति देउवाले यस्तो बताएका हुन्। नेपालमा राजसंस्था पुनःस्थापनाका लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उनको भनाइ छ।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको बताएका छन ।

Leave a Reply