पोखरा । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
साबिकको बिजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा २५–८ र २५–२२ को जित निकाल्न सफल भयो ।
च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।