सर्ट फिल्म प्रतियोगिता हुँदै, अनुप र सुरक्षा निर्णायक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सर्ट फिल्म प्रतियोगिता हुँदै, अनुप र सुरक्षा निर्णायक

काठमाडौं, १३ माघ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म प्रतियोगिताको आयोजना हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा आयोजना गरेको आयोजकले जनाएको छ ।

बिहीबारदेखि नै सहभागिताका लागि खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने छन् । क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म प्रतियोगिता गतिलो प्लेटफर्म बन्न सक्ने आयोजकको विश्वास छ । प्रतियोगिताको निर्णायकमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी छन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले फागुन ३० सम्म कथासार र भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ । प्राप्त स्क्रिप्टका लेखकलाई निर्णायकले ३ दिन प्रशिक्षण दिनेछन् । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । फिल्ममध्ये पहिलो हुनेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रूपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि ५० हजार नगद प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);